तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परेका सञ्चारकर्मीलाई बीमा बापतको १ लाख रुपैयाँ हस्तान्तरण

सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मित्र क्षेत्रीलाई बीमा बापतको १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

युनियन सुनसरीका अध्यक्ष अधिकारीका अनुसार अजोड इन्स्योरेन्समा जिल्लाका २७५ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । बिमित सञ्चारकर्मी क्षेत्री गत साउन दोस्रो साता दुर्घटनामा परेका थिए ।

अधिकारीका अनुसार यसअघि साउन दोस्रो साता नै दुर्घटनामा परेका पत्रकार मनोज दाहाललाई गत भदौ ११ गते नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा एक लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

एक लाख रुपैयाँको चेक बुझ्दै सञ्चारकर्मी क्षेत्रीले आफू दुर्घटनामा पर्दा युनियन सुनसरीले ठूलो सहयोग गरेको स्मरण गरे ।

दुर्घटना पीडित सञ्चारकर्मी क्षेत्रीको घरमै पुगेर युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी नेपाल प्रदेश १ का उपाध्यक्ष सुमन पुरी, प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेल, महासङ्घ एवम् युनियन सुनसरीका कार्यसमितिको उपस्थितिमा बीमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button