वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता
काठमाडौँ।सरकारले रिक्त रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता दिएको छ ।
सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को विज्ञ सदस्यमा डा विमल रेग्मीलाई नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको हो ।
वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद् गठन गर्ने व्यवस्था रहेको छ । परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषद्को गठन गर्नुभएको हो । परिषद्को विज्ञ सदस्यमा डा रेग्मी नियुक्त हुनुभएको छ ।
जलवायु परिवर्तन तथा अनुकूलनमा विद्यावारिधि गर्नुभएका रेग्मीले दुई दशकभन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै आउनुभएको र हाल उहाँले अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट नेपालमार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकूलनका नीतिगत सुधारमा काम गर्दै आउनुभएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्