तपाईँ सुन्दै हुनुहुन्छः

युगान्डामा पहिरोले पुरिएर १५ जनको मृत्यु

कम्पाला ।  युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिरोले पुरिएर १५ जनाको ज्यान गएको छ । 

पहिरोले पुरेका कासिका गाउँका १५ जनाको शव निकालिएको युगान्डा रेडक्रस सोसाइटी (यूआरसीएस)ले जनाएको छ । 

यूआरसीएसका अनुसार छ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसे नगरपालिकास्थित सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ । 

मङ्गलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएका आशङ्का गरिएको छ । उक्त स्थानमा उद्धार तथा खोजी जारी छ ।

विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ जसले बाढी पहिरोका घटना बढाउनका साथै मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ । 

शनिबार छिमेकी बुन्डिबुग्यो जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button