तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस युनियन काठमाडौँको कावा अध्यक्षमा रेग्मी

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन हुनुभएको छ ।

काठमाडौँ शाखाको रिक्त अध्यक्ष पदमा प्रेस युनियन केन्द्रको निर्णयअनुसार उपाध्यक्ष रेग्मीले कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो । 

शाखाका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियनको हेटौँडामा गत साउन ६ र ७ गते सम्पन्न नवौँ महाधिवेशनमा उम्मेदवारी दिएसँगै विधानअनुसार जिल्ला अध्यक्ष पद स्वतः रिक्त भएको थियो ।

विगत आठ वर्षदेखि राष्ट्रिय समाचार समिति(रासस)मा स्थानीय समाचारदाताका रुपमा कार्यरत रेग्मी काठमाडौँ उपत्यकालाई आफ्नो क्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button