तपाईँ सुन्दै हुनुहुन्छः

आज सिट बाँडफाँटको सङ्ख्या र मापदण्डलाई अन्तिम रूप दिँदै कार्यदल

काठमाडौँ। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुङ्गो आज लगाउने निष्कर्ष निकालेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँटको एकै पटक टुङ्गो लगाउने गरी कार्यदलले खाका बनाएको छ । गठवन्धनबीच सिट बाटफाँटको खाकालाई अन्तिम रूप दिने भनिएको कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको समेत उपस्थित रहेको थियो ।

सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आज टुङ्गो लगाउने र बाँडफाँटको मोडालिटी सहमति नजिक पुगेको नेताहरूले बताउनु भएको छ ।

गठबन्धन दलहरू सिट बाँडफाँटको कसरतमा जुटिरहँदा गठबन्धन भित्रका दलका साथै अन्य दलहरूले आ-आफ्ना उम्मेदवारहरू निर्वाचन क्षेत्रबाट सिफारिस गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button