लाइसेन्स बिना सवारीसाधन चलाउने ३२७ जना कारबाहीमा

चितवन । चितवन बिना लाइसेन्स सवारीसाधन चलाउने ३२७ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चितवनका विभिन्न क्षेत्रमा चेकजाँचका क्रममा उनीहरुलाई कारबाही गरेको हो ।
उनीहरूबाट एक लाख ८३ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । त्यस्तै लाइसेन्स नै नबनाएर सवारीसाधन चलाउने २२० जना चालक कारबाहीमा परेका छन् । उनीहरूबाट दुई लाख २० हजार राजस्व सङ्कलन गरिएको छ । तीव्र गतिमा सवारीसाधन चलाउने १३ जना कारबाहीमा परेका छन् । उनीहरूबाट मात्रै १३ हजार राजश्व सङ्कलन गरिएको छ ।
यस्तै लेन उल्लङ्घन गर्ने २४ जना, फुटपाथमा पार्किङ गर्ने ४५ जना, मदिरा पिएर सवारी चलाउने ९ जना, क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधनका ५३ जनालाई कारबाही गरिएको छ । यस्तै लाइटको अवस्था ठिक नभएका, हेलमेट नलगाई सवारीसाधन चलाउनेलाई समेत कारबाही गरिएको छ । प्रहरीले चितवनको इच्छाकामनाको मुग्लिन, भरतपुरका विभिन्न स्थान, माडी र पूर्वी चितवनमा नियमित चेकजाँच गर्दै आइरहेको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्