तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा डेङ्गु संक्रमित महिलाको मृत्यु

टीकापुर कैलाली । कैलालीमा डुङ्गेबाट एक महिलाको मृत्यु भएको छ । 

डेङ्गु  संक्रमित धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको छ । उनको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो । 

शाहीको उपचारको क्रममा मङ्गलवार बिहान मृत्यु भएपनि बुधबार मात्र डेङ्गु पुष्टि भएको प्रमुख धामीले बताउनुभयो । 

पछिल्लो समय कैलालीमा डेङ्गुको प्रकोप फैलिएको छ । साउन १ गतेपछि मात्रै कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । 

डेङ्गुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कैलालीमा डेङ्गुका बिरामी असारदेखि असोजसम्म फेला पर्ने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button