तपाईँ सुन्दै हुनुहुन्छः

मिटर ब्याज पीडितको समस्या बुझ्न सरकारी कार्यदल सप्तरीमा

सप्तरी । मिटर ब्याज पीडितको समस्या समाधानको निम्ति सरकारद्वारा गठित कार्यदलले आइतबार सप्तरीका मिटर व्याज पीडितहरूसँग भेटघाट तथा उनीहरूको प्रकृतिगत समस्याबारे जानकारी लिएको छ ।

मिटर व्याजीविरुद्ध परेको उजुरीबारे बुझ्न कार्यदलका संयोजक डा.भीष्म कुमार भुसाल नेतृत्वको टोली सप्तरी आएको हो ।

कार्यक्रममा डा. भुसालले देशैभरका मिटर ब्याज पीडितको वास्तविक समस्या र पीडालाई मिडियाले उजागर गरेका कारण सरकारले गम्भीरतापूर्वक यसको जरासम्म गई समस्या समाधानका लागि कार्यदल गठन गरेका बताउनुभयो । मिटर व्याजीविरुद्ध स्थानीय सरकार, बैंकिङ्ग क्षेत्र, प्रहरी, पत्रकार सबैसँग सहकार्य गरी तीव्रताको साथ काम गरिराखेको संयोजक डाक्टर भुसालले जानकारी दिनुभयो ।

जिल्लाका १८ मध्ये १७ स्थानीय तहमा मिटर व्याजीविरुद्ध १ सय १४ वटा उजुरी परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यदललाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button