संविधानको रक्षाका लागि गठबन्धन आवश्यक : मन्त्री रावल

अछाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले संविधानको रक्षा र लोकतन्त्रलाई खतराको बाटोमा जान नदिन पाँच दलीय गठबन्धन गरिएको बताउनुभएको छ ।
नेपाली काँग्रेसको निर्वाचनलक्षित अभियानको क्रममा अछाममा रहनुभएका नेता रावलले कार्यकर्ता भेटघाटमा संविधानको रक्षा गर्न, लोकतान्त्रिक मूल्य मान्यतालाई जोगाउन काँग्रेसको नेतृत्व आवश्यक भएको दाबी गर्नुभयो ।
नेपाली काँग्रेस भिजनसहित काम गर्ने पार्टी भएको बताउँदै रावलले केही कुरा कार्यान्वयन गराउन नेतृत्वबाट कमजोरी रहेको पनि औँल्याउनुभयो ।
आउँदो मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर नेपाली काँग्रेसले सुरु गरेको जनताको साथमा काँग्रेस अभियानमा केन्द्रीय सदस्य रावललाई अछाम जिल्लाको लागि प्रतिनिधिको रूपमा खटाइको हो ।








प्रतिक्रिया राख्नुहोस्