अटवारी पर्वको अवसरमा थारु समुदायलाई आइतबार सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आइतबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो। यो थारु समुदायको दोस्रो ठुलो पर्व हो । बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको हो ।
सूर्यको उत्पत्ति भई संसार उज्यालो भए पछि मानवसहित सम्पुर्ण प्राणीहरूको कल्याण भएको मान्यता अनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ।








प्रतिक्रिया राख्नुहोस्