तपाईँ सुन्दै हुनुहुन्छः

जानकी गाउँपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान शुरु

टीकापुर, कैलाली । कैलालीको जानकी गाउँपालिकामा डेंगुलगायत किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान शुरु गरिएको छ । 

अभियान अन्तर्गत गाउँपालिका भित्रका १० वटा स्वास्थ्य संस्था मार्फत  स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समाजसेवीको सहभागितामा लामखुट्टेको बासस्थान  पहिचान गर्दै लार्भा खोजी गरि नष्ट  गरिएको  छ  ।  

वडामा रहेको स्वास्थ्य कार्यालय तथा वडा कार्यालयको समन्वय र सहकार्यमा बजार, टोल बस्तीमा गएर लामखुट्टेको बासस्थान रहने पानी जमेको  भाडा तथा पुराना टायर लगायतका स्थानको सरसफाइ गर्दै नियमित रुपमा सफा राख्न पालिकावासीलाई आग्रह गरिएको छ । 

पानी जम्ने भाँडाकुँडा तथा पुराना वस्तुमा लामखुट्टेले लार्भा बनाउने भएकोले डिजेल मटितेल तथा विषादीको प्रयोग गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । जानकी गाउँपालिकामा डेंगुका संक्रमित भेटिएपछि गाउँपालिकाले रोग नियन्त्रणको लागि अभियान शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले जानकारी दिनुभयो । यो अभियान केही दिन चल्ने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button