तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची नगरपालिकाका उत्कृष्ट ४६ करदातालाई सम्मान

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा ४६ जना उत्कृष्ट करदातालाई बिहीबार सम्मान गरेको छ । मालपोत तथा सम्पत्ति कर, कृषि तथा पशु व्यवसाय कर, व्यवसाय कर, नक्सा पास तथा अभिलेखीकरण कर र घरजग्गा बहाल कर गरि नगरपालिकाले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको हो । 

राज्यलाई कर तिर्नु हरेक नागरिकको कर्तव्य हो । देशको नागरिक भई राज्यको सेवा सुविधा लिइसकेपछि हरेक नागरिकले राज्यलाई कर तिर्नै पर्छ । आफूले तिरेको करको मूल्याङ्कन गर्ने अधिकार पनि कर तिर्नेहरूलाई हुन्छ । करको कार्यान्वयन गर्ने निकायलाई पनि दुरुपयोग गर्ने अधिकार भने छैन । आफ्नो दायित्व पुरा गर्दा सम्मानित हुनेहरू हौसिएका छन् ।

सम्मान पाउँदा करदाता मेलम्ची ११ का व्यवसायी सुवास बानियाँ खुशि व्यक्त गर्नुहुन्छ । ढिलो चाँडो राज्यलाई कर तिर्नै पर्छ । कर नतिर्ने छुट कसैलाई पनि छैन । मेलम्चीले जस्तै अरू पालिकाहरूले पनि कर तिर्नेहरूलाई सम्मान गर्ने हो भने कर तिर्नेको पनि हौसला बढ्ने बताउँदै समयमै कर तिरेर राज्यले  सम्मान गर्दा खुशि ब्यक्त गर्नुहुन्छ मेलम्चीकै अर्का व्यवसायी गोपीकृष्ण दंगाल ।

मेलम्ची नगरपालिकाले विगत वर्षहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस्ता खाले कार्यक्रमले नगरको आन्तरिक आम्दानीमा वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल बताउनुहुन्छ ।

राज्यलाई कर तिरे पनि राज्यबाट पाउने सेवा सुविधा उपभोग गर्नु हरेक नागरिकको अधिकार हो । राज्यले पनि कर लिने तर सुविधा नदिने गरेमा त्यसको खबरदारी गर्न आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button