सबै निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन

काठमाडौँ । सत्ता गठबन्धनको आज बसेको बैठकले प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले कार्यदललाई निर्देशन दिएपछि आजै साँझ ४ बजे कार्यदलको बैठक बस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सत्ता गठबन्धन आबद्ध दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हुनुहुन्छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया राख्नुहोस्