तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश डायरी कार्यक्रम सञ्चालनका लागी प्रदेश सरकार र रेडियो नेपाल बीच सम्झौता

विराटनगर । प्रदेश नं. १ सरकारले गर्ने गतिविधि बारे जानकारी गराउने उद्देश्यले रेडियो कार्यक्रम ‘प्रदेश डायरी’ प्रसारणका  लागी रेडियो नेपाल  प्रादेशिक प्रसारण केन्द्र धनकुटा र प्रदेश नं. १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय बीच  सम्झौता भएको छ ।

 रेडियो नेपाल धनकुटा प्रसारण केन्द्रबाट निरन्तर तीन वर्षदेखि सञ्चालित सो कार्यक्रम चालु आर्थिकवर्ष ०७९–०८० मा पनि प्रसारण गर्ने गरी  सम्झौता भएको हो ।

मन्त्रालयमा आयोजित  सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा  रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख उद्धव सिंह ढाँट क्षेत्री  तथा मन्त्रालयका महाशाखा प्रमुख गौतम राज अमात्य, शाखा अधिकृत राजेन्द्र प्रसाद पोखरेल  तथा रेडियो नेपालका कार्यक्रम अधिकृत नयराज नेपालले हस्ताक्षर गर्नु भएको छ । 

चालु आर्थिक वर्षमा  ५२ भाग (एपिसोड) सञ्चालन हुने सो कार्यक्रममा प्रदेश सरकार अन्तर्गतका मन्त्रालयले गर्ने गतिविधि, छलफल बहस , संवाद तथा  फोकस कार्यक्रम लगायत विकास निमार्णका कार्यक्रम प्रसारण गरिने कार्यक्रममा अधिकृत नेपालले बताउनुभयो  ।

कार्यक्रम प्रसारण गरे बापत यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले रेडियो नेपाललाई १५ लाख ३० हजार रकम भुक्तानी गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । प्रदेश डायरी कार्यक्रम हरेक शुक्रवार ४ : १५ मा धनकुटा प्रसारण केन्द्रबाट  प्रसारण हुँदै आएको छ  ।

 कार्यक्रममा बोल्नु हुँदै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख  उद्धवसिंह ढाँट क्षेत्री तथा मन्त्रालयका  महाशाखा प्रमुख गौतमराज अमात्यले प्रदेश सरकारले गर्ने हरेक गतिविधि लाई जनमानस सम्म पु¥याउन कार्यक्रम फलदायी भएको बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button