तपाईँ सुन्दै हुनुहुन्छः

खड्काको पुस्तक प्राकृतिक भोजन स्वस्थ जीवनको लोकार्पण

भक्तपुर। पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष केदार खड्काद्वारा लिखित तेस्रो कृति प्राकृतिक भोजन स्वस्थ जीवनको लोकार्पण गरिएको छ ।

पतञ्जली योग समिति भक्तपुरको १६औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि पतञ्जली योग समिति नेपालका मूख्य केन्द्रिय प्रभारी लवदेव मिश्रलगायतका अतिथिहरूले पुस्तकको विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मिश्रले सम्पूर्ण नेपालीलाई स्वस्थ राख्ने अभियानलाई सफल र सार्थक बनाउन पुस्तकका लेखक खड्काले दशकदेखि प्रयत्न गरिरहेको जानकारी दिनुभयो। पुस्तकमा हाम्रो घर वरिपरी भएका तरकारी, फलफुल, अन्न, हाम्रो भान्छाको मसला आदिलाई सही तरिकाले खान सके यसले औषधिको काम गर्ने र गलत तरिकाले खायो भने मन्द विषको काम गर्ने भएकाले सधै प्राकृतिक भोजन गर्न लेखकले पुस्तकमार्फत सबैलाई उत्प्रेरित गरेको केन्द्रिय प्रभारी मिश्रले प्रष्ट्याउनुभयो ।
उक्त पुस्तकको प्रकाशन कमला खड्काले गर्नुएको हो ।

कोरोना महामारीका बेला आफूले पुस्तक लेखेको खड्काले स्मरण गर्नुभयो ।हरेक मानिसका लागि ब्यायम , उचित भोजन र तनाव ब्यवस्थापन जरुरी रहेको आफूले पाएकाले पुस्तकमा प्राकृतिक भोजनका बारेमा जानकारी दिने प्रयास गरेको योग शिक्षक खड्काले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाको पतञ्जलीका ३ वटै समिति मूल समिति, महिला समिति र यूवा समितिको दुई वर्षको लागि पदस्थापन कार्यक्रम सम्पन्न भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button