तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत जनकपुरद्वारा डिएनए परीक्षणको आदेश

जनकपुरधाम । उच्च अदालत जनकपुरले विवाह नगरी बच्चा जन्माएकी महोत्तरीकी निहारिका सिंहको माग दाबी बमोजिम डि एन ए परीक्षणका लागि आदेश दिएको छ ।

उच्च अदालत जनकपुरधामका न्यायाधीश भोजराज अधिकारी र रेखा पाण्डे थापाको संयुक्त इजलासले पीडित भनिएकी सिंह, निजका डेढ वर्षका छोरा तथा पीडक भनिएका शिवराज श्रेष्ठलाई उच्च सरकारी वकिलको रोहवरमा विधि विज्ञान प्रयोगशाला खुमलटारमा डि एन ए परीक्षणका लागि आदेश दिएको उच्च अदालतका रजिस्टार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

निहारिकाले आफूलाई श्रेष्ठले जुसमा नशा दिएर बलात्कार गरेको आरोपसहित डि एन ए परीक्षणको माग गर्दै आउनुभएको थियो ।

जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो ।

प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button