नारायणीमा हाम फालेका पुरुषको सकुशल उद्धार
चितवन । नारायणी नदीमा हाम फालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ ।
भरतपुर महानगरपालिका ४ वैदिक टोल बस्ने वर्ष ४९ का बाबुराम आचार्यको उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्र.नि. को कमान्डमा खटिएको विपद् व्यवस्थापन सहितको उद्धार टोलीले आचार्यको सकुशल उद्धार गरेको हो ।
आचार्यलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्