एमाले स्थायी कमिटी बैठकमा संघीय र प्रदेशसभाको निर्वाचनका सन्दर्भमा छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी छ ।
बैठकमा मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनका सन्दर्भमा छलफल भइरहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको घोषणापत्र तयार गर्ने, उम्मेदवारी छनोटको मापदण्ड बनाउने र आगामी केन्द्रिय कमिटी बैठकमा लैजाने प्रतिवेदनका सन्दर्भमा छलफल भइरहेको उपप्रमुख रिजालले बताउनुभयो ।
नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो बैठक, १० र ११ गते केन्द्रिय कमिटी र भदौ १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।








प्रतिक्रिया राख्नुहोस्