तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको आजको बैठकमा निर्वाचन केन्द्रित छलफल हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकमा निर्वाचन घोषणापत्र तयार गर्ने, उम्मेदवारी छनोटको मापदण्ड बनाउने, केन्द्रिय कमिटी बैठकमा लैजान प्रतिवेदन तयार गर्ने लगायतका कार्यसूची रहेको छ ।

नेकपा एमालेले भदौ ९ गते पोलिटब्युरो बैठक, १० र ११ गते केन्द्रिय कमिटी र १२ भदौमा निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button