तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न आग्रह

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न आग्रह गरेको  छ । 

मेलम्ची नगरपालिकामा नगर प्रमुख लगायतसँग मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग आज भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । 

मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको हो । 

नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button