तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय बाजुराद्वारा मिटर ब्याजसम्बन्धी उजुरी दिन आग्रह

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले मिटर ब्याजका पीडितलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । मङ्गलवार कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको हो ।

मिटर ब्याज पीडित नागरिकहरूको मुद्दा जिल्ला प्रशासन कार्यालय बाजुराले हेर्ने भएको हो । मिटर ब्याजसम्बन्धी समस्याले गरिब, निरक्षर र आर्थिक रूपले अप्ठेरोमा रहेका नागरिकमाथि धेरै पिडा भइरहेकाले त्यस्ता आर्थिक अपराधीलाई कानुनको दायरामा लिई कारबाही गरिने सूचना मार्फत जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

मिटर ब्याजी नियन्त्रणका लागि मुद्दा दर्ता गर्न जिल्ला प्रशासन कार्यालयले कार्यदल समेत गठन गरिसकेको हुँदा यस्ता मिटर ब्याजी समस्याले पीडित बनेका र यस्तो पिडा खेप्दै आएका नागरिकहरूले भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टद्वारा हस्ताक्षरित सूचनामार्फत आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button