बालगंगा नदीको पुल सञ्चालनमा
बारा । लामो समयदेखि अलपत्र अवस्थामा रहेको बालगंगा नदीको पुल आजदेखि सञ्चालनमा आएको छ ।

बारा क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य रामबाबु यादवले हिन्दु परम्परा अनुसार पूजा पाठ गरिसकेपछि रिबन काटेर पुलको उद्घाटन गर्नुभयो ।
जग्गा विवाद झिकेर निर्माणाधीन बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र परेको अवस्थामा स्थानीय बासिन्दा, सङ्घर्ष समिति, वडा, नगर र संघीय सांसदको सक्रियतामा पुल सञ्चालनमा आएको हो ।

पुल निर्माणका लागि करिब १२ करोड लगानी भएको हो । २ सय ५० मिटर लामो पुलले साँढे २ बिगाहा जग्गा ओगटेको स्थानीयले बताएका छन् ।
सिमरा–कोहल्वी हुलाकी सडकखण्डको बालगंगा पुल सञ्चालनमा आएपछि बारा र रौतहटका बासिन्दालाई आवागमन सहज भएको छ ।







प्रतिक्रिया राख्नुहोस्