तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा आधारभूत पत्रकारिता तालिम सुरु

वीरगञ्ज । वीरगन्जमा आजबाट सात दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । रेस नेपाल नारायणी एफ.एम. र क्रिएटिभ ह्याण्ड्स नेपालको संयुक्त आयोजनामा आजबाट तालिम सुरु भएको हो ।

रेस नेपाल नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेले पत्रकारिता पेशा विशिष्ट खालको पेशा भएकोले जिम्मेवार र जबाफदेही हुनुपर्ने बताउनुभयो ।

तालिम उद्घाटन सत्रको समापन गर्दै नारायणी एफ.एम. कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले पत्रकारको लेखाइले समाजको दिशा निर्धारण गर्ने भएकोले विशिष्ट भूमिका रहेको बताउनुभयो । उहाँले पत्रकारले सबैको प्रवर्द्धन र संरक्षण गर्ने भूमिका खेल्नुपर्ने बताउनुभयो ।

क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिका सञ्चालक सुरेश विडारीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा रेस नेपालका सचिव अरविन्द सिंह, कोषाध्यक्ष कमलमोहन पोखरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठकोटे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिका शिवनाथ यादवले गर्नुभएको थियो । ७ दिनसम्म चल्ने तालिममा २५ जना पत्रकार सहभागी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button