अमेरिकी सरकारको विशेष दूत जेसिका स्टर्न काठमाडौंमा

काठमाडौं । अमेरिकी सरकारको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मामिला हेर्ने विशेष दूत जेसिका स्टर्न पाँच दिने भ्रमणका लागि मङ्गलवार नेपाल आउनु भएको छ।
विशेष दूत स्टर्नले आफ्नो नेपाल बसाईकोक्रममा,सरकारी अधिकारीहरू, मानव अधिकारकर्मीहरू र यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूसँग भेटेर नेपालमा यौनिक अल्पसङ्ख्यकहरूको मानव अधिकारको संरक्षण र सुदृढीकरण गर्ने प्रयासहरूबारे छलफल गर्नुहुने कार्यक्रम रहेको नेपाल स्थित अमेरिकी दूतावासले बताएको छ।
अमेरिकाले विश्वभरि यौनिक अल्पसङ्ख्यक समुदायको मानव अधिकार सुनिश्चितताका लागि अग्रणी भूमिमा खेल्दै आइरहेको छ ।
अमेरिकी दूतावासले पनि नेपालमा यौनिक अल्पसङ्ख्यकहरूको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम गर्दै आएको छ।








प्रतिक्रिया राख्नुहोस्