बैतडी ढोल्यामोड–पुर्चौडीहाट सडकखण्डको दुर्दशा,यात्रुहरूलाई सास्ती

बैतडी । तीन वर्ष अघि सुरु भएको बैतडीको ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम अलपत्र परेको छ । सडक कालोपत्रे नहुँदा बर्सातको समयमा यात्रुहरूलाई सास्ती भएको छ ।
हिलाम्य सडकको ठाउँ ठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । सडक गुणस्तरीय नभएकाले जोखिमका कारण भाडा महँगो भएको जीप चालक तिलक धामीले बताउनुभयो ।
व्यवसायीले ढोल्यामोडदेखी हाटसम्म १९ किलोमिटरको भाडा ५ सय रुपँया लिने गरेका छन् । अन्य समयमा बस समेत सञ्चालन हुने उक्त सडकमा अहिले ४ ह्वील ड्राइभ जीप मात्रै सञ्चालन भइरहेका छन् ।
सडकमा पहिरो गइरहने भएकाले डोजर भाडामा लिएर सडकमै खडा गरेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले बताउनुभयो ।

कालोपत्रे हुने क्रममा रहेको उक्त सडकमा वर्षको १ महिना मात्रै काम चल्ने गरेको ढोल्यामोडका स्थानीय शैलेन्द्र धानुकले बताउनुभयो । उक्त सडकमा काम गरेका स्थानीय मजदुरेलेसमेत पारिश्रमिक नपाएको गुनासो गरे । ठेकेदारलाई गिट्टी बालुवा निःशुल्क प्रयोग गर्न दिँदासमेत काम अघि नबढाएको धानुकले बताउनुभयो ।
यता ठेकेदार दानसिंह रावलले भने बर्सातका कारण काम अवरुद्ध भएको बताउनुभयो । ग्वाल्लेक निर्माण सेवाको ठेक्का रहेको उक्त सडकमा रावलले अर्को स.झौता गरी काम लिएका छन् । यता पूर्वाधार विकास कार्यालयले भने एकै ठेकेदारसँग बढी काम भएकाले ढिलाइ भएको हुनसक्ने बतायाे ।









प्रतिक्रिया राख्नुहोस्