तपाईँ सुन्दै हुनुहुन्छः

समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण 

फाइल तस्बिर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

विशेष समयमा बोल्दै सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, लोकसेवा आयोगको परीक्षा प्रणाली समयानुकूल बनाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, न्यायालयमा हुने प्रक्रियागत जटिलता हटाउनु पर्ने लगायतका विषय राख्नुभएको छ । 

शून्य समयमा बोल्दै सांसदहरुले बाढी पहिरोबाट प्रभावित नागरिकलाई उचित राहत र पुनर्स्थापना गर्न तथा जोखिमयुक्त ठाउँमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न माग गर्नुभएको थियो ।

यसैगरी, सांसदहरुले बढ्दो महँगीको न्यूनीकरण, अवरुद्ध सडकहरूको सञ्चालन, समावेशिताको सुनिश्चितता र नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने विषयमा सरकारको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button