तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था कार्यालय मेचीले सङ्कलन गर्‍यो ८६ करोड राजश्व

भद्रपुर, झापा । यातायात व्यवस्था कार्यालय मेचीले आर्थिक वर्ष ०७८÷०७९ मा ८६ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले विभिन्न शीर्षकमा ८६ करोड ११ लाख सात हजार ६२४ रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन कर बापत ६० करोड ५० लाख २६ हजार २ सय ८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरबापत दुई लाख ५० हजार ३५० र लाइसेन्सतर्फ १९ करोड ३३ लाख ७८ हजार २४३ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

प्रदेश सञ्चित कोषमा जम्मा हुने गरी ८२ करोड १८ लाख ३७४ र संघीय कोषमा जम्मा हुने गरी तीन करोड ९३ लाख सात हजार २५० राजश्व सङ्कलन भएको प्रमुख लामिछानेले बताउनुभयो ।

कार्यालयले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स वितरण, वर्ग थप, प्रतिलिपि प्रमाणीकरण, सवारी दर्ता शुल्क, नवीकरण दस्तुर, सवारी कर, रुट परमिटलगायतका सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button