तपाईँ सुन्दै हुनुहुन्छः

पेलोसीको ताइवान भ्रमण त्यस क्षेत्रको स्थिरताको लागि हानीकारक : चिनियाँ विदेश मन्त्रालय

काठमाडौं । चीनले अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै यो भ्रमणले उक्त क्षेत्रको स्थिरताका लागि हानीकारक भएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले चीनका लागि अमेरिकी राजदूतलाई बोलाएर चीन चुप नबस्ने बताएको हो ।

यसैबीच, सभामुख पेलोसीले आज बिहान ताइवानका राष्ट्रपति साइ इङ्ग वेनसँग भेट  गर्नु भएको , त्यहाँको समाचार संस्थालाई उदृत गर्दै बिबिसीले जनाएको  छ । 

गए राति अमेरिकी वायुसेनाको जहाजमा ताइवानको राजधानी ताइपेई पुग्नुुभएकी सभामुख पेलोसीले ताइवानका जनतालाई अमेरिकी ऐक्यबद्धताको खाँचो रहेको बताउनु भएको छ ।

ताइपेइ पुुगेको केहीबेरमा ट्विट गर्दै पेलोसीले आफ्नो प्रतिनिधि मण्डलको ताइवान भ्रमणले ताइवानको गतिशील प्रजातन्त्रलाई सहयोग गर्ने अमेरिकी प्रतिविद्धताको सम्मान भएको बताउनु भएको हाे ।

ताइवानलाई आफ्नो अभिन्न अङ्ग दाबी गर्दै आएको चीनको चेतावनीका बीच गए राती सभामुख पेलोसी ताइपेई पुग्नुभएको हाे  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button