तपाईँ सुन्दै हुनुहुन्छः

‘व्यावसायिक तथा लगानीको वातावरण अझै बन्न सकेको छैन’

काठमाडौँ । उद्योगी व्यवसायीहरूले खाना पकाउने ग्याँस, पेट्रोल तथा डिजेल जस्ता संवेदनशील वस्तुहरूको कारोबार गर्ने व्यवसायीहरूका समस्यालाई सरकारले विशेष प्राथमिकता दिएर सम्बोधन गर्नु पर्नेमा जोड दिनुभएको छ ।

नेपाल एल पी ग्याँस उद्योग सङ्घको २७ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उद्योगी व्यवसायीहरूले उद्योगी व्यवसायीहरूका समस्यालाई नेपाल आयल निगम तथा सरकारले समयमा सम्बोधन गरिदिएर व्यवसायीहरूलाई आन्दोलनमा नजाने अवस्था निर्माण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले ५३ वर्षदेखि कारोबार भएको ग्यासको वितरण प्रणालीलाई सरकारले अहिलेसम्म पनि निर्धारण गर्न नसक्दा व्यवसायी तथा उपभोक्ताहरूले धेरै समस्या झेल्नुपरेको बताउनुभयो ।

महासङ्घका अर्का उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकमा व्यवसायीक वातावरण तथा लगानीको वातावरण अझै बन्न नसकेको बताउनुभयो ।

उहाँले देशभरका औद्योगिक क्षेत्रहरूले मनोमानी रुपमा ६० प्रतिशत देखि ७ सय प्रतिशतसम्म औद्योगिक क्षेत्रको भाडा बढाएको भन्दै त्यसलाई व्यावहारिक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले नेपाल आयल निगम सधैँ घाटामा गएको नेपाल आयल निगम के कारण घाटामा गएको हो भन्ने बारेमा अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराइले अझै पनि डिजेलमा अत्यधिक मूल्य वृद्धि भएकोले मूल्य घटाउन नसकेको र गत आर्थिक वर्षमा मात्र निगमले ५३ अर्ब नोक्सान बेहोर्नुपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button