तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक छ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।

एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलामा उहाँले स्वास्थ्यकर्मीका समस्या समाधान र स्वास्थ्य क्षेत्रमा सुधारको अनुभूति दिलाउने गरी मन्त्रालयले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राज्यमन्त्री केसीले अहिले पनि गाउँ–गाउँमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्नुहुँदै त्यसका लागि योजना बनाउन लागिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button