तपाईँ सुन्दै हुनुहुन्छः

नियन्त्रणमा रहेका सवारी साधनको जानकारी गराउन निर्देशन 

काठमाडौँ । राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय यातायात नीति कुन कुन कानुनमा के कति संशोधन आवश्यक छ सो को प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा अनुसन्धानको क्रममा ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेका सवारी साधनको अवस्था र व्यवस्थापन सम्बन्धी प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिएको हो ।

बैठकमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कारबाहीको सिलसिलामा रहेका सवारी साधानहरुको विवरण, समस्या र कानुनी व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै १९ सय ४९ वटा सवारी साधन वर्षौँदेखि जफत भएको विवरण प्रस्तुत गर्नभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले यातायात व्यवस्था ऐन प्रष्ट नभएका कारण विभिन्न अवस्थामा रहेका सवारी साधन लिलाम गर्न कठिन भएको बताउनुभयो ।

समितिका सदस्य रमेशजंग रायमाझी, नन्दा चापागाईँ, नारायण दाहाल लगायतले तीन महिनाको सूचना प्रकाशित गरी लिलाम गर्ने वा नष्ट गर्न ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button