यातायात व्यवस्था कार्यालय जनकपुरबाट ५५ करोड बढी राजश्व सङ्कलन
जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरले गत आर्थिक वर्षमा ५५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
जनकपुरधामस्थित कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन गरेको जनाएको छ । सवारी साधन दर्ता हुने क्रम बढेसँगै राजश्व सङ्कलनमा पनि वृद्धि भएको हो ।

सवारी करबाट ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट १२ लाख १ हजार १ सय ६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट १ करोड ३२ लाख ४ हजार ९ सय ८१ राजश्व सङ्कलन भएको यातायात व्यवस्था कार्यालय जनकपुरधामका प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७७/७८ मा उठेको राजश्व भन्दा २२ करोड ३० लाख बढी राजश्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०७६/७७ मा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो ।
कार्यालय प्रमुख साहले आर्थिक वर्ष २०७८/७९मा २० हजार ६ सय ७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको र २२ हजार ७ सय ५० सवारी साधन नवीकरण गरिएको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्