प्रतिनिधिसभाबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रियसभाले गरेको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।
अघिल्लो बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि निर्णयार्थ पेश हुन नसकेको उक्त विधेयक आज सर्वसम्मतिले स्वीकृत भएको हो ।
यस्तै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सवसम्मतिले स्वीकृत भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले सभा समक्ष उक्त विधेयक पेश गर्नुभएको हो ।
यस अघि शून्य समयमा सांसद्हरुले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको , निर्मला हत्या काण्डको छानबिनमा भइरहेको ढिलाइ, मंकीपक्स सङ्क्रमणको जोखिम लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन र अनिवार्य माक्सको प्रयोग गर्न सासंदहरुलाई आग्रह समेत गर्नुभयो ।
बैठकमा अहिले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्