महिलाबाट दुई लाख लुटियो
जनकपुरधाम । जनकपुरधाममा बैङ्कबाट रकम झिकेर घर फर्किँदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१ की शर्मिला यादव मिल्स एरियास्थित एभरेस्ट बैङ्कबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ आउँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका हुन् ।
साउदीमा रहेका श्रीमान् देवशरण यादवले पठाएको रकम बैङ्कबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक बोर्डिङ नजिकै मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै हातबाट लिएर भागेको शर्मिलाले बताउनुभयो ।
धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले लुटेराहरूको खोजी भइरहेको बताउनुभयो । उहाँले नगरमा जडान भएको सीसीटिभि क्यामराको मद्दतले लुटेराको खोजी गर्ने काम भइरहेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्