राजश्व छलेर ल्याएको ठूलो परिमाणको चिनी सहित ट्रकचालक नियन्त्रणमा
चितवन । चितवनमा राजश्व छलेर ल्याएको चिनीसहित ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पराजुली खाद्य उद्योग अगाडि रोकेर राखिएको लु २ ख १०३२ नम्बरको ट्रकलाई फेलापारी चेकजाँच गर्दा २१० क्विन्टल चिनी फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आइतबार दिउसो २ बजे खैरहनी नगरपालिका वडा नम्बर .६ पुरानो पर्सामा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको चिनी लोड भएको लु २ ख १०३२ नम्बरको ट्रक छ भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोलीले उक्त ट्रक खानतलासी गर्दा प्रति बोरा ५० किलो भएको ४२० वोरामा २१० क्युन्टल चिनी भन्सार छली ल्याएको फेला परेको हो । सो परिमाणको चिनीका बोराहरू भएको ट्रक राजश्व छली गरी ल्याएको र सो चिनीको मूल्य ५५ लाख ६९ हजार रुपैंया बराबरको रहेको छ ।
ट्रकका चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्