तपाईँ सुन्दै हुनुहुन्छः

बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा । बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका– २ केही समय अघि दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  

बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको  लु १ ख ५९५२ बस पाल्पा रिब्दिकोट गाउँपालिका –२ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको वडा न २ का वडा अध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिनुभयो । 

दुर्घटनाका घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालयको टिमले उद्धार गरी उपचारको लागि तानसेन पठाएको जनाएको छ । 

बस सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मृतक र घाइतेको विस्तृत विवरण आउन बाँकी छ । बस बेलुका करिब ५ बजेतिर दुर्घटनामा परेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button