तपाईँ सुन्दै हुनुहुन्छः

फिदिम बजारको फोहोरलाई वर्गीकरण गरी कम्पोष्ट मल बनाइने

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको बजार क्षेत्रमा उत्पादित फोहोरलाई वर्गीकरण गरी कम्पोष्ट मल बनाइने भएको छ ।

वडा नम्बर ४ स्थित थाक्लेमा नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गरिँदै आएको फोहोरलाई वर्गीकरण गरेर कम्पोष्ट मल उत्पादन गरिने भएको हो । 

मल उत्पादनको लागि कृषि विज्ञहरुको सहभागितामा डम्पिङ साइडको अवलोकनसँगै फोहोरलाई कसरी मोहोरमा बदल्न सकिन्छ, यसका सम्भावना, चुनौती र अवसरहरूको बारेमा छलफल भएको छ । 

हालको डम्पिङ साइटलाई व्यवस्थापन र क्षेत्र बिस्तार गर्ने कार्य भइरहेको छ । कम्पोष्ट मल उत्पादनको प्रक्रिया सुरु भइसकेको र चाँडै नै उत्पादन प्रक्रिया सकेर सोको कार्यान्वयन, प्रवर्धन र बजारीकरणको लागि कार्य गरिने नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

फिदिम बजारको फोहोरलाई व्यवस्थित गरी कम्पोष्ट मल उत्पादन भएमा कृषि क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने नगरवासी बताउँछन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button