तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल राष्ट्र बैङ्कले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । 

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिनुभएको हो । 

केन्द्रीय बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोरोनाकालमा दिइएको पुन कर्जाको सुविधालाई केन्द्रीय बैङ्कले हटाएको छ । पुन कर्जाको सुविधामा आवश्यक पुन कर्जाको प्रबन्धमा केही संशोधन गरिएको उहाँले जानकारी दिनुभयो । 

रुस र युक्रेन युद्धका कारण परेको वैदेशिक चापका कारण आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति केन्द्रीय बैङ्कले लिएको छ । 

सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्यवृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ । 

शेयर कर्जाको अधिकतम सीमा रु १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button