तपाईँ सुन्दै हुनुहुन्छः

मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । 

बैङ्कले एक सूचनामार्फत आज अपराह्न ४ बजे उक्त नीति सार्वजनिक गर्न लागिएको जनाएको हो ।

अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको तथा सरकारले चालु आर्थिक वर्षको बजेटमा लिएका नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर केन्द्रीय बैङ्कले नीति सार्वजनिक गर्न लागेको छ ।

अनुत्पादक क्षेत्रमा गइरहेको कर्जा प्रवाहलाई रोक्ने तथा बैङ्कको ब्याजदर बढ्न नदिन के कस्ता औजार प्रयोग गर्नेजस्तो विषयमा मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था गर्न लागिएको छ ।

सरकारले चालु आवमा आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकाले त्यसलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने देखिएको छ । 

नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिको बैठकले पारित गरेको उक्त नीतिका सम्बन्धमा बिहीबार साँझ अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button