तपाईँ सुन्दै हुनुहुन्छः

देशभर थप ३ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि 

काठमाडौँ । आज देशभर थप ३ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

३ हजार ९ सय ८१ नमुनाको परिक्षण गर्दा पीसिआर परीक्षणबाट ३ सय ४० जना र एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज १ लाख २१ हजार ५ सय १५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । 

आज संक्रमित ४६ जना निको भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button