चौरमाण्डौँ आधारभूत अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु
अछाम । अछामको चौरपाटी गाउँपालिकामा रहेको चौरमाण्डौँ आधारभूत अस्पतालको नवनिर्मित भवन तथा २४ घण्टे आकस्मिक उपचार सेवाको शुभारम्भ गरिएको छ ।
भवन निर्माण पश्चात् सबै सेवा सुचारुपछि २४ घण्टा सेवा दिने उद्देश्यका साथ जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवरले सेवा उद्घाटन गर्नुभएको हो ।
उहाँले भवन मात्र नभई दक्ष जनशक्ति, साधन स्रोत राज्यको तर्फबाट हुनुपर्नेमा जोड दिनु भयो । हरेक स्थानीय तहले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर काम गरे प्रगति हुने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्