श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित

कोलम्बो । देशको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घे निर्वाचित हुनुभएको छ ।
संसद्मा आज भएको राष्ट्रपतीय निर्वाचनमा एक सय ३४ मतका साथ उनी विजयी भएको हो ।
सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसनल पिपल्स पावर (एनपिपी)की नेत्री अनुरा कुमारा दिसानायकेले तीन भोट पाउनुभएको बताउनुभयो ।
श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा छ पटक सेवा गरेका नवनिर्वाचित राष्ट्रपति विक्रमसिङ्घेले अति कठिन परिस्थितिमा रहेको देशलाई गम्भीर आर्थिक सङ्कटबाट बाहिर निकाल्न आफूले धेरै चुनौतीको सामना गर्नुपर्ने बताउनुभएको छ । रासस÷सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्