काँग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव, सचेतकमा मीन विश्वकर्मा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको छ ।
सभापति देउवाले आज काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मालाई नियुक्त गर्नुभएको कांग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो ।
यसअघि, प्रमुख सचेतक रहनुभएको बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि सो पद रिक्त थियो ।
त्यस्तै, यसअघि सचेतक रहनुभएको पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद पनि रिक्त थियो ।







प्रतिक्रिया राख्नुहोस्