वातावरण हराभरा बनाउन फलफूलका बिरुवा वितरण
बारा । बाराको जीतपुर स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था ले आफ्नो २१ औँ स्थापना दिवसको अवसरमा वातावरण हराभरा बनाउन फलफूलको बिरुवा वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणलाई बिरुवा वितरण गरिएको सहकारी संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिनुभयो ।
जनकल्याण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा आँप, लिची, अम्बा, कागती, रक्त चन्दन लगायतका बिरुवा सर्वसाधारणलाई निःशुल्क वितरण गरेको हो । डिभिजन वन कार्यालय बाराका वन अधिकृत विनोद सिंह र उपाध्यक्ष साहले बिरुवा वितरण गर्नुभएको थियो ।

डिभिजन बन अधिकृत सिंहले स्वच्छ अक्सिजन पाउन र वातावरण हराभरा बनाउन आफ्नो वरिपरि तथा खाली जग्गामा रुख (बिरुवा) लगाउन सल्लाह दिनुभयो ।
जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७८।०७९ मा १६ सय सदस्यबिच १६ करोड ६० लाखको कारोबार गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्