संसदीय समाचारलाई थप प्रभावकारी बनाउने सम्बन्धमा छलफल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसदीय गतिविधिको समाचार सम्प्रेषणलाई थप प्रभावकारी बनाउने सम्बन्धमा सार्वजनिक सञ्चार माध्यमका कार्यकारी प्रमुख तथा समाचार प्रमुखहरूसँग छलफल गर्नुभएको छ ।

छलफलका क्रममा अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाका महत्त्वपूर्ण गतिविधिले पनि सञ्चारमाध्यममा उचित स्थान पाउन नसकेको आफूले महसुस गरेको बताउनुभयो ।
उहाँले दुवै सदनका कारबाही र सांसदका अभिव्यक्तिले समान महत्त्व पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

छलफलमा सहभागी रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के सी, राष्ट्रिय समाचार समितका अध्यक्ष धमेन्द्र झा, गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल तथा प्रवक्ता रोजनाथ पाण्डे लगायतका व्यक्तित्वहरुले संसदीय समाचारलाई थप प्रभावकारी बनाउने सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्