सुस्तमनस्थिती भएकी बालिकालाई करणी गरेको आरोपमा पक्राउ
सिन्धुपाल्चोक । सुस्तमनस्थिती भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनकोसी गाउँपालिका वडा नम्बर ५ हलेगाभा बस्ने वर्ष ५६ का डम्मर बहादुर भुजेल रहेका छन् ।
भुजेलले साउने सङ्क्रान्तिको दिन बेलुका साँढे ७ बजेतिर सुस्तमनस्थिती भएकी १२ बर्षकी एक बालिकालाई पँधेरोटोल स्थित कच्ची बाटोमा जबरजस्ती करणी गरेको आरोप छ ।
भुजेलमाथि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्