पर्सा राष्ट्रिय निकुञ्जलाई ब्राण्डिङ्ग गर्नुपर्नेमा जोड
बारा । नेपाल पर्यटन बोर्डले बाराको सिमरामा गरेको अन्तरक्रियामा सरोकारवालाहरूले पर्सा राष्ट्रिय निकुञ्जलाई ब्राण्डिङ्ग गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्तरक्रियामा बारा र पर्साका सरोकारवालाहरूले आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा योजनामा नेपाल पर्यटन बोर्डले पर्सा राष्ट्रिय निकुञ्जलाई समेटेर व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्डका अध्यक्ष कृष्ण साहले पर्यटकीय क्षेत्र रहेको स्थानीय तह र व्यवसायीको राय सुझावकै आधारमा बोर्डले योजना तर्जुमा गरी बजेटिङ गर्ने बताउनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन मठमन्दिर, दहका साथै दुर्लभ पाटे बाघ, रैथाने हात्ती, एकसिंगे गैँडा, भालु, मृग, चित्तल, जरायो, नीलगाई, गौरीगाई लगायतका जनावर तथा झण्डै तीन सय प्रजातिका चराचुरुङ्गी छन् ।

कार्यक्रममा पूर्व मन्त्री कृष्ण श्रेष्ठ(किसान), जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, नेपाल पर्यटन व्यवसायी महासङ्घका मधेश प्रदेश अध्यक्ष मोहन शर्मा लामिछाने, एकोफनका मधेश प्रदेश अध्यक्ष गणेशजी प्रसाद साह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी लगायतको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्