तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका शिवालयहरूमा भक्तजनको बिहानैदेखि घुइँचो

सप्तरी  । आज साउन महिनाको पहिलो सोमबार सप्तरीका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

सप्तरीको धर्मेश्वर महादेव मन्दिर, शम्भुनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर र हरिन्नदेश्वर मन्दिर लगायत शिवालयहरूमा पूजा अर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।

भगवान् शिवको प्रिय मानिने साउन महिनाको आज पहिलो सोमबार । हिन्दु धर्मावलम्बीहरू शिवालयहरूमा बिहानैदेखि पूजा अर्चना, जर्लापण तथा बिहान ४ बजेदेखि फूल माला , बेलपत्र, धतुरो, मिष्ठान्न तथा विभिन्न किसिमका फलफूल सहित रङ्गीचङ्गी भेषभूषामा सजिएर महिला, पुरुष ,बृद्धबृद्धा र बालबालिकाहरू मन्दिरमा भिड लाग्ने गर्दछन् ।

यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँच वटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । 

यस साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्दा विशेष फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यो महिनामा भगवान् शिवलाई खुसी पार्नुपर्छ भन्ने गरिन्छ । 

साउन महिनामा बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुपर्छ । साउनभर भोलेनाथलाई जल र बेलको पात चढाउँदा राम्रो हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button