जनकपुरधामको शिव मन्दिरमा भक्तजनको घुइँचो

जनकपुरधाम । साउन महिनाको प्रत्येक सोमबार जनकपुरधामको चार कुनामा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको शिव मन्दिरमा बिहानदेखि नै भगवान् शिवको पूजा अर्चनाका लागि भक्तजनहरूको घुइँचो लागेको छ ।
साउन महिनाको सोमवारका दिन शिवको विशेष प्रकारले पूजा अर्चना गर्नाले विशेष फल प्राप्त हुने जनविश्वास अनुसार आज बिहा देखि नै शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको छ ।
शिव मन्दिरहरूमा भगवान् शिवको अति प्यारो रहेको भाग, धतुरो, दूध, फूल, अक्षत, नैवेद्य सहितका परिकारहरूसहित भगवानको शिव लिङ्गमा जलसहित अर्पण गन धूमधामका साथ पुजाअर्चना भइरहेको छ ।
जनकपुरधामको चार कुरनामा रहेको कपिलेश्वरनाथ, कुपेश्वरनाथ, महोत्तरीको जलेश्वरनाथ, धनुषाको क्षिरेश्वरनाथ तथा धनुषाधामको शिव मन्दिरमा भक्तजनहरूको ठूलो भिड लागेको छ ।
यसैगरी जनकपुरधामको शिव चौकमा रहेको शिव मन्दिर, स्वर्गद्वारमा रहेको भूतनाथको मन्दिर सहितका अन्य शिव मन्दिरहरूमा पनि भक्तजनहरूको बिहानदेखि नै पूजा अर्चनाका लागि भिड रहेको छ ।
खास गरेर कतिपय महिलाहरूले आजका दिन भगवान् शिवको उपासना गर्ने गरेका छन् । महिलाहरूले साउन महिनामा रातो, हरियो तथा पहेँलो लुगा, चुरा तथा अन्य सौभाग्य सूचक गरगहना लगाउने गरेका छन् ।
धनुषाका अतिरिक्त महोत्तरीको टुटेश्वरनाथ तथा भारतको झार खण्डमा रहेको बाबा वैद्यनाथ धाममा पनि ठूलो सङ्ख्यामा कामरीयाहरु जल अर्पणका लागि मिथिला क्षेत्रबाट जाने गरेको छ ।
यसैबीच दर्शनार्थीहरूको भिडलाई ध्यानमा राखेर मन्दिर व्यवस्थापन तथा स्थानीय क्लबहरूले विभिन्न प्रकारका सेवा तथा सुविधाहरू ठाउँ ठाउँमा प्रदान गरिरहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्