तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुखद्वारा पदभार ग्रहण(भिडियो )

काठमाडौँ । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगतै सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमानदारीपूर्वक काम गर्नेछु”, पदभार ग्रहणका क्रममा उहाँले भन्नुभयो, “चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।”

यसअघि आजै उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली काँग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियो । उहाँ १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

उपसभामुखद्वारा पदभार ग्रहण (भिडियो ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button